प्योङयाङ: उत्तर कोरियामा नियम, कानून र शासन सबै देशका सर्वोच्च नेता किम जोङ उनको ‘इच्छा’मा निर्भर छन्। हालै मात्र किम जोङले २ लाखभन्दा बढी जनसङ्ख्या भएको उत्तर कोरियाली शहर हेसानमा कडा लकडाउन गराए। ७ मार्चमा, सिपाहीहरूले एसल्ट राइफल्सबाट ६५३ राउन्ड गोली हराएl रेडियो फ्री एशियाको रिपोर्टअनुसार सेना फर्किने क्रममा गोली हराएको भन्दै अधिकारीहरूलाई शहरमा खोजी गर्न भन्योl स्थानीय स्रोतलाई उद्धृत गर्दै प्रतिवेदनमा ६५३ गोली नभेटिएसम्म शहरमा लकडाउन कायम रहने जनाएको छ। सेना फिर्ता गर्ने कार्य २५ फरवरी र १० मार्चको बीचमा सम्पन्न भएको थियो। तर यस प्रक्रियाको क्रममा गोलीहरू हराउनुको कारणहरू बारे अझै विस्तृत अनुसन्धानमा छन्। प्रतिवेदनका अनुसार, ‘फर्किने क्रममा सिपाहीहरूले गोली हराएको थाहा पाएपछि खबर दिनुको सट्टा आफैं गोलीहरू खोज्ने प्रयास गरे।’