अप्पर तुङसुङ शाखाको पार्टी कार्यकर्ताहरुसित हाम्रो पार्टीको सभा सम्पन्न

00-1-IMG-20230328-WA0190

दार्जिलिङ: अप्पर तुङसुङ शाखाको हाम्रो पार्टी कार्यकर्ताहरुले पार्टीको भिजन र पार्टी अध्यक्ष  अजय एडवर्डसको इमान्दारितालाई जन जनमा पुराउने संकल्प पार्टीको सभामा लिएको छ। घूम-जोरबङ्गलो समष्टिको हाम्रो पार्टी कार्यकर्ता सुरज तामाङको नेतृत्वमा अप्पर तुङसुङ शाखाको पार्टी कार्यकर्ताहरुसित सभा सम्पन्न भयो। विगत धेरै दिनदेखि अप्पर तुङसुङ शाखाको पार्टी कार्यकर्ता एवं नेतृत्वहरु अचल भएर बसेका थिए। घूम-जोरबङ्गलो समष्टिको पार्टी कार्यकर्ता सुरज तामाङको उपस्थितमा बैठक भएपछि अप्पर तुङसुङ शाखाको पार्टी कार्यकर्ताहरुले संगठन विस्तारको कार्यदेखी लिएर पार्टीको भिजन साथै पार्टी अध्यक्ष अजय एडवर्डसको इमान्दारितालाई जन-जनमा पुर्याउने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement