२८ मार्चः इण्डियन प्रीमियर लीग (आईपीएल)-को १६औं संस्करण आउँदो ३१ मार्चदेखि शुरु हुनेछ। दुईपल्टको च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर)-को टीम अहिले स्टार खेलाड़ीहरूका चोटसँग जुझिरहेको छ। ढाड़को चोटले गर्दा टीमका कप्तान श्रेयस अय्यरले आईपीएलको यस सीजनमा हिस्सा लिन सक्नेछैनन्। उनको अनुपस्थितिमा अनुभवी नितीश राणाले कप्तानको भूमिका निर्वाह गर्नेछन्। केकेआर-द्वारा जारी बयानमा श्रेयस अय्यरको अनुपस्थितिमा नितीश राणाले टीमको कप्तानी गर्ने जनाइएको छ। नितीशले आईपीएलमा ९१ वटा म्याच खेलेर २१८१ रन बनाएका छन्। यस अवधि उनको १३४-को स्ट्राईक रेट अनि २८-को औसत रहेको छ। उनले लीगमा १५ वटा अर्द्धशतक बनाइसकेका छन्। उनले २०२२-को सीजनमा ३६१, २०२१-मा ३८३, २०२०-मा ३५२ अनि २०१९-मा ३४४ रन बनाएका थिए। नितीश असल ब्याटरको साथमा पार्ट टाइम बलर पनि हुन्।
स्टार खेलाड़ीहरूका अनुपस्थितिमा केकेआर-को तर्फबाट एन जगदीसनको साथमा अफगानिस्तानका रहमानुल्लाह गुरबाजले ओपनिंग गर्न सक्छन्। तेस्रो नम्बरमा सम्भवतः कप्तान नितीश स्वयं ब्याटिंग गर्न आउनेछन्। त्यसपछि रिंकू सिंह रहनेछन्, जसले आईपीएल २०२२-मा असल प्रदर्शन गरेका थिए। बिग हिटरहरूमा भेंकटेश अय्यर पाँचौं र आन्द्रे रसल सदा झैं छैटौं नम्बरमा देखिनेछन्। टीमको पेस आक्रमणको जिम्मा उमेश यादवमाथि रहनेछ। उनको साथमा टीम साउदी र लौकी फर्ग्यूसन जस्ता अनुभवी बलर पनि रहनेछन्। स्पिन आक्रमणमा वरुण चक्रवर्ती रहनेछन्।
आईपीएल २०२३-मा कप्तानहरूः
चेन्नई सुपर किंग्सः एमएस धोनी
मुम्बई इण्डियन्सः रोहित शर्मा
रोयल च्यालेञ्जर्स बेंगलुरुः फाफ डू प्लेसिस
लखनऊ सुपर जाइण्ट्सः केएल राहुल
गुजरात टाइटन्सः हार्दिक पाण्ड्या
राजस्थान रोयल्सः सञ्जु सेमसन
पञ्जाब किंग्सः शिखर धवन
कलकत्ता नाइट राइडर्सः नितीश राणा
सनराइजर्स हैदराबादः एडेन मार्करम
दिल्ली क्यापिटल्सः डेविड वार्नर