महिला विश्व मुक्केबाजी च्याम्पियनशिपमा स्वर्ण जित्ने लवलीना – निकहतलाई बधाई दिइन् मुख्यमन्त्री ममता बेनर्जीले

photocollage_202332812434709.jpg

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममत ब्यानर्जीले सोमवार मुक्केबाज लवलीना बोरगोहेन र निकहत जरीनलाई २०२३ आईबीए महिला विश्व मुक्केबाजी च्याम्पियनशिपमा स्वर्ण पदक जितेकोमा बधाई टक्राएकी छिन्। आईबीए महिला विश्व मुक्केबाजी च्याम्पियनशिपमा ७५ किग्रा वर्गमा स्वर्ण पदक जितेकोमा बधाई टक्राएकी छिन्। ब्यानर्जीले निकहत जरीनलई पनि ट्वीटरको माध्यमले जितको निम्ति बधाई दिइन्। ब्यानर्जीले ट्वीट गरिन्, भारतको तिरङ्गा फहराईरहनेछ। निकहत जरीन, तपाई फेरि विश्व च्याम्पियन हुन्। आईबीए महिला विश्व मुक्केबाजी च्याम्पियनशिपमा ५० किग्रा वर्गको फाइनलमा स्वर्ण पदक जितेकोमा बधाई।
ज्ञात होस्, २५ वर्षीय भारतीय मुक्केबाज लवलीनाले आइतवार महिला विश्व मुक्केबाजी च्याम्पियनशिपमा विश्व च्याम्पियनको खिताब जितेर शानदार प्रदर्शन गरिन्। लवलीनाले अस्ट्रेलियाई मुक्केबाज केटलिन पार्करलाई ५-२ ले पराजित गरी ७५ किलोग्राम वर्गमा शीर्ष पुरस्कार हासिल गरिन् औं आफ्नो पहिलो विश्व च्याम्पियनशिप स्वर्ण पदक जितिन्। त्यही, निकहत जरीनले आइतवार महिला विश्व मुक्केबाजी च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचिन्। २६ वर्षीय बक्सिङ स्टारले नयाँ दिल्लीमा आयोजित ५० किलोग्राम वर्गको फाइनलमा पदक जितिन्। यस उपलब्धीको साथ जरीन दियाज मुक्केबाज एमसी मेरी कमपछि आफ्नो दोस्रो विश्व च्याम्पियनशिप जित्ने दोस्रो भारतीय मुक्केबाज बनिन्। उनले ५२ किग्रा वर्गमा इस्तान्बुलमा २०२२ महिला विश्व मुक्केबाजी च्याम्पियनशिपमा आफ्नो पहिलो स्वर्ण पदक जितिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement