२ सय पटक विषालु सर्पलाई टोकाएर पनि जीवित रहेका व्यक्ति

Tim

विषालु सर्पले एक व्यक्तिलाई २०० भन्दा बढी पटक डसेर पनि उनी जीवितै छन्। उनलाई टोक्ने सर्पहरूमा माम्बादेखि कोब्रासम्मका नामहरू समावेश छन्। विशेष कुरा यस्तो छ, उनले जानाजानी यी सर्पहरूबाट आफैंलाई टोकाउँछन्, ताकि पहिलो विश्वव्यापी एन्टी भेनम (शरीरमा सर्पको विषको प्रभावलाई हटाउने औषधि) बनाउन सकियोस्। ती व्यक्तिको नाम टिम फ्राइड हो। उनी ५३ वर्षका छन् र अमेरिकाको विस्कॉन्सिनका हुन्। उनले घरमा धेरै प्रकारका सर्प पालेका छन्। सामान्यतया एउटा सर्पको टोकाइको असर उनीमा पर्दैनथ्यो। तर सन् २००१ मा दुईवटा विषालु कोब्रा सर्पको टोकाइबाट टिमको मृत्यु हुनसक्ने अवस्थासमेत आएको थियो। त्यो घटनालाई सम्झँदै टिमले नेशनल जियोग्राफीलाई भने– ‘१ घण्टाभित्र दुईवटा कोब्रा सर्पले डसेका थिए। म झन्डै मरेको थिएँ। यो पटक्कै हास्यास्पद थिएन। मसँग मेरो शरीरमा पर्याप्त प्रतिरोधात्मक क्षमता थियो कि म एउटा सर्पको डसाइ सहन सक्छु तर दुईवटा होइनl’ सर्पको आक्रमणपछि उनलाई अस्पताल लगिएको थियो। जहाँ उनी चार दिनसम्म कोमामा थिए।

होश आएपछि टिमले सर्पसँग मात्र काम गर्ने निर्णय गरे। उनी अहिले हर्पेटोलोजी, क्यालिफोर्निया खोप अनुसन्धान कम्पनी, सेन्टिभ्याक्सको डाइरेक्टर अफ हरपेटोलोजीको प्रमुख छन्। अनुसन्धानका क्रममा टिमलाई २०० भन्दा बढी पटक विषालु सर्पले टोकेको छ। कुनै पनि सर्पको टोकाइको उपचार गर्न सकियोस् भनेर उनी विश्वव्यापी एन्टी-भेनम बनाउन चाहन्छन्। टिमले अझ भने, ‘जब सर्पले टोक्छ, धेरै दुख्छ। एकैपटक सयवटा मौरीले टोके जस्तै होl’ रिपोर्टका अनुसार डब्ल्यूएचओले वार्षिक ५४ लाख मानिसलाई सर्पले टोक्ने गरेको बताएको छ। जसमध्ये ८१ हजार देखि १ लाख ३८ हजार मानिसको मृत्यु हुन्छ। टिमले यी तथ्यांकका कारण आफ्नो काम महत्वपूर्ण हुने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *