यूरो कप क्वालीफायर्सः फ्रान्स, नीदरल्याण्ड्स र पोल्याण्डको जीत

photocollage_2023328115420718.jpg

२८ मार्चः यूएफा यूरो कप २०२४ क्वालीफायर्समा शक्तिशाली फ्रान्सको साथमा नीदरल्याण्ड्स, पोल्याण्ड र स्वीडेनले आ-आफ्नो म्याच जित्यो। सोमवार अबेर राति खेलिएको ग्रुप बी-को म्याचमा फ्रान्सले आयरल्याण्ड विरुद्ध रोमाञ्चक जीत हासिल गऱ्यो। अभिभा स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने फ्रान्सबाट एकमात्र गोल बेञ्जामिन पाभार्डले ५०औं मिनटमा छिराए। यस ग्रुपमा नीदरल्याण्ड्सले पनि जिब्राल्टर विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। म्याचमा ८६ प्रतिशत पोजेशनको साथ खेल्ने डच टीमबाट नेथन अके-ले ५०औं र ८२औं मिनटमा २ गोल गरे। यसबाहेक मेम्फिस डिपेले २३औं मिनटमा एक गोल गरे। म्याचको ५१औं मिनटमा जिब्राल्टरका खेलाड़ी लियम वकरलाई रेड कार्ड देखाइयो। ग्रुप बी-मा अहिले फ्रान्स २ वटा म्याचमा ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि गोल अन्तरको आधारमा ग्रीस (३) दोस्रो र नीदरल्याण्ड्स (३) तेस्रो स्थानमा रहेको छ।
यसरी नै ग्रुप ई-मा पोल्याण्डले अल्बानिया विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड नेशनल स्टेडियम वारशा-मा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने पोल्याण्डबाट एकमात्र गोल कारोल स्विडर्स्कीले ४१औं मिनटमा दर्ता गरे। यस ग्रुपमा चेक गणराज्य र मोल्डोवाबीच खेलिएको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो। यस ग्रुपमा चेक गणराज्य ४ पोइण्टको साथ पहिलो अनि पोल्याण्ड ३ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। यसबीच ग्रुप एफ-मा स्वीडेनले अजरबैजानलाई ५-०-ले पिट्यो। म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेले पनि अजरबैजानले गोलको खाता खोल्न सकेन अनि दोस्रो हाफमा उल्टा ४ गोल खायो। यस ग्रुपमा अष्ट्रियाले एस्टोनिया विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। ग्रुपमा अष्ट्रिया ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। त्यसपछि गोल अन्तरको आधारमा बेल्जियम दोस्रो र स्वीडेन तेस्रो स्थानमा रहेको छ। यी दुई टीमसँग ३-३ पोइण्ट छ। ग्रुप जी-मा हंगेरीले बुल्गेरियालाई ३-०-ले पराजित गऱ्यो। यसरी नै सर्बियाले मोण्टेनेग्रो विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट दुवै गोल युभेण्टसबाट खेल्ने डुसान भ्लाहोविचले छिराए। ग्रुपमा सर्बिया ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement