बागवानी विभागको सभासद प्रणाम रसाइलीद्वारा चिमनी देवराली क्षेत्रका विभिन्न गाउँहरूका भ्रमण

IMG-20230327-WA0436.jpg

खरसाङ: जीटीएको बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले खरसाङ देवराली समष्टिका विभिन्न क्षेत्रहरूमा पुगेर निरीक्षण गरेका छन्। उनले चिमनी देवराली ग्राम पञ्चायत अन्तर्गत पर्ने विभिन्न गाउँहरूका भ्रमण गरेका छन्। यसावधि उनले चिमनी देवराली ग्राम पञ्चायतको तल्लो चैतेपानी, ३ माइल, चिमनी, मजुवा, खुन्द्रुके बस्ती, चित्रे, सिमानाटार, एसएसके अादि गाउँहरू पुगेर स्थानीय कृषकहरूलाई भेटघाट गरेका छन्। विशेष गरी यस क्षेत्रका कृषकहरूले कसरी खेतीपाती गर्दैछन् र कसरी विभगीय रूपमा सहयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी पनि लिएका छन्। विशेष गरी बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले चिमनी देवराली ग्राम पञ्चायतको तल्लो चैतेपानी गाउँमा पुगेर एकजना युवा कृषकसित उनले गर्दै गरेका खेतीपाती विषयमा जानकारी लिनको साथै ती युवा कृषकको बारी निरीक्षण पनि गरेका थिए।

सभासद प्रणाम रसाइलीसित भागोप्रमो खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन सेवा पनि उपस्थित रहेका थिए भने खरसाङ चिमनी देवराली समष्टीको नारी शक्तिको सभापति सुष्मा मुखिया, सांगठनिक सचिव ललिता छेत्री लगायत अन्यहरू उपस्थित रहेका थिए। उक्त भ्रमणपछि पत्रकारहरूसित कुराकानी गर्दै बागवानी विभागको एमओडी सभासद प्रणाम रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement