कोलकाता: अग्निशमन कर्मीहरूको नियुक्तिमा धांधलीलाई लिएर तृणमूलको तेहट्टबाट विधायक तापस साहा विरुद्ध कलकत्ता हाई कोर्टमा याचिका लागेको छ। साहाको एउटा अडियो क्लिप भाइरल भएको छ ।सोमवार कलकत्ता उच्च न्यायालयले त्यस शिकायतको आधारमा तापस विरूद्ध मामिला दर्ता गर्ने अनुमति दियो। विधायक पार्थ चटर्जी र माणिक भट्टाचार्यमाथि भर्तीमा भ्रष्टाचारको आरोप लागेपछि तृणमूलका अझ एक विधायकको नाम राज्य सरकारको भर्ती भ्रष्टाचार मामिलामा फंस्दै गईरहेछ। तेहट्टबाट तृणमूल विधायक तापसको एउटा अडियो क्लिप जारी गरेपछि तरूणले दाबी गरे, तापसले घूस लिएर विभिन्न सरकारी कार्यालयहरूमा नौकरी दिने वाचा गरेका थिए। उनको आरोप छ, तापसले फायर ब्रिगेडमा नौकरी दिलाउने नाममा पैसा लिएको थियो। तरूणले कोर्टसित भ्रष्टाचार निरोधक विङसित मामिलाको जाँच गराउने अपील गरे। न्यायमूर्ति मन्थाले सोमवार त्यस मामिलालाई दर्ता गर्ने अनुमति दिए। कोर्ट सूत्रहरू अनुसार, मामिलाको सुनवाई मंगलवार हुने सम्भावना छ।