उपचुनाउको निम्ति मंगन जिल्लाबाट ५ जनाले नामाङकन पत्र बुझाए

IMG-20230327-WA0434.jpg

गान्तोक: उत्तर जिल्लामा सम्पन्न हुने पञ्चायत उपचुनाउलाई लिएर नामाङकन भर्ने प्रक्रिया जारी रहेको छ। यसै क्रममा आज कूल पाँच जनाले नामाङकन पत्र बुझाए, जसमा चार जनाले जिल्ला र एक जनाले ग्राम पञ्चायतको निम्ति बुझाएको बताइएको छ। मंगन जिल्लाको नाम्फोक स्वेयममा जिल्ला र लिङचोम तिङदा वार्ड पञ्चायतको निम्ति उपचुनाउ हुनेछ। उम्मेद्वारहरूले २८ मार्चसम्म आफ्नो नामाङकन पत्र बुझाउनु पर्ने छ भने उपचुनाउ आगामी २० अप्रेलको दिन हुने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement