नर्थइस्ट फिल्म फेस्टिबलमा सिक्किमबाट निर्मित ६ वटा चलचित्र पुरस्कृत

IMG-20230327-WA0429.jpg

गान्तोक: मुम्बईमा आयोजित नर्थ इस्ट फिल्म फेस्टिलबलमा सिक्किमका दुई उत्कृष्ट निर्माताले पुरस्कार प्रप्त गरेका छन्। पुरस्कार प्राप्त गर्नेहरूमा “मिथ” चलचित्रका निर्माता अमिर गुरूङ र “दिस साइड अफ् टाउन” का निर्माता अभिषेक छेत्रीलाई उत्कृष्ट निर्माताकोरूपमा पुरस्कार प्रदान गरिएको हो। गत २४ मार्चको दिन मुम्बईंमा सम्पन्न भएको नर्थइस्ट फिल्म फेस्टिवलको निम्ति मुख्यमन्त्रीको निर्देश बमोजिम राज्यकी चलचित्र बोर्डकी अध्यक्ष पूजा शर्माको नेतृत्वमा गएका थिए। उक्त अवसरमा सिक्किममा निर्माण गरिएको पाँचवटा लघु चलचित्र र एउटा वृतचित्र स्क्रिनको निम्ति छनौट गरिएको थियो, जसमा राजु काफ्लेद्वारा निर्मित सुखिम, अमिर गुरूङद्वार निर्मित मिथ, अभिषेक छेत्रीको दिस साइड अफ् टाउन, विनेश कुमार राईको मोहन र मदन र अर्जुन चापागाँइ र निर्मल भट्टराईको छोटु अनि सुजल प्रधानद्वारा निर्मित वृतचित्र सागा दावाको प्रदर्शनी गरिएको थियो। यस अवसरमा अफिसियल जुरीमा प्रसिद्ध फिल्म निर्माता साम्तेन भोटिया लगायत अन्य चारजना वरिष्ठ कलाकारहरूलाई अभिनन्दन पनि जनाइयो। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको कारणले गर्दा राज्यबाट हाल धेरै चलचित्रहरूको निर्माण भइरहेको पूजा शर्माले बताइन्। मुख्यमन्त्रीको भिजनविना सिक्किमले यति ठूलो उपलब्धि हासिल गर्न असम्भव रहेको उनले थप जानकारी गराएकी छन्। मुख्यमन्त्रीले राज्यका कलाकाहरूलाई प्रोत्साहन गर्नको निम्ति पहल शुरू गरेकोले मात्र यो सम्भव रहेको अवगत गराइन्। उक्त फेस्टिबलमा नर्थइस्टबाट कूल ५० वटा चलचित्रहरू प्रदर्शनी गरिएको थियो,जसमा सिक्किमबाट निर्मित ६ वटा चलचित्रले पुरस्कार प्राप्त गर्न सकेको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement