गान्तोक: राक्दोङ तिन्तेकमा गएको पैह्रो प्रभावित परिवारहरूलाई राहत राशि प्रदान गरिएको छ। पैह्रोले केही घरहरूलाई क्षति पुऱ्याएको छ भने पशुधनको पनि नोक्सान भएको छ। हिजो बिहान लगभग तीन बजी डिक्चु र राक्दोङ तिन्तेकमा पैहो गएको सूचना पाउनसाथ जिल्लापालको नेतृत्वमा आपदा प्रबन्धन प्राधिकरणको टोली घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएको बताइएको छ। घटनाको जायजा लिएपछि एसडीआरएफको नियम परिवारलाई क्षतिपूर्ति प्रदान गरिएको छ। अनुसार पीडित पैह्रोले फूर्वा छिरिङ लेप्चा, दावा छिरिङ लेप्चा, पुष्पलाल शर्मा र सुगम प्रसाद न्यौपानेको घरलाई क्षति पुयाएको छ भने प्रभावित परिवारहरूलाई क्षतिपूर्ति प्रदान गरियो। निकट भविष्यमा सम्भावित खतरालाई ध्यानमा राख्दै १८ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरित गरिनु पर्ने आवश्यकता देखिएको छ। पीडित परिवारहरूको निम्ति एनएचपीसीको अतिथि गृहमा अस्थायी आवासको व्यवस्था गरिएको छ।