सोनादा: गायिका डोमा शेर्पा अमेरिकामा सम्मानित भएका छन्। सोनादा निवासी गायिका डोमा शेर्पालाई अमेरिकाको न्युयोर्क स्टेटमा सम्मान गरिएको छ। उनी अमेरिकाको न्यु योर्कमा सम्मानित हुने दार्जिलिङ क्षेत्रका पहिलो कलाकार बनेकी छन्। न्युयोर्कको एलेम्बी स्टेटको आयोजनामा न्युयोर्कको ३० एलेम्बी जिल्लाको एसेम्ली सदस्य स्टेफन रागाको तत्वावधानमा आयोजित कार्यक्रममा डिस्टिक्शन महिला अवार्ड २०२३ प्रदान गरिएको थियो। उक्त अवार्ड अन्तर्गत न्युयोर्कको ८ जना महिलाहरूलाई सम्मान गरिएको थियो। यसै कार्यक्रममा सोनादा निवासी गायिका डोमा शेर्पालाई भारतको दार्जिलिङबाट अतिथि कलाकारको रुपमा आमन्त्रित गरिएको थियो अनि उनलाई सम्मानित गरिएको थियो।