ब्याङ्कबाट रुपियाँ लिएर निस्किएको युवकबाट पैसा थुतियो

6086aeb5-bd54-484b-b73c-b14e63393563

कालचिनीः भारत भोटाङ सीमान्त सहर जयगाउँ स्थित एउटा सरकारी ब्याङ्कबाट रुपियाँ झिकेर घर जान निस्किएको सेट्रल डुवर्स चियाबारीको पाना डिभिजन निवासी एकजना युवकबाट सोमबार प्रायः डेढ़ लाख रुपियाँ नगद लुटिएको घटना प्रकासमा आएको छ।
प्राप्त जानकारी अनुसार सोमबार दिउँसो ब्याङ्कबाट रुपियाँ झिकेर निस्कने बेला दुईजना अपरिचित व्यक्तिले वार्तालापमा अल्झाएर बाहिर निस्कँदै गर्दा रुपियाँ थुतेर चम्पट कसेको थियो। पीड़ित रुपियाँ लुटिएको युवक विवेक राणाले जयगाउँ थानामा प्राथमिकी दर्ता गरेको जनाएका छन्। यता पुलिसले घटनाको छानबीन चलाइरहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement