आज नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने माथिको बलात्कार मुद्दाको फैसला

b4b19186-950a-11ea-9070-932bbf5d90a5_1665034840533_1665034840533.webp

काठमाडौंः नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेमाथिको बलात्कार मुद्दाको फैसला आज हुने भएको छ। काठमांडू जिल्ला अदालतले सन्दीमाथिको मुद्दाको फैसलाको पेशी आज तोकेको छ। सन्दीप धरौटीमा रिहाई भई पुनः राष्ट्रिय टिममा समावेश छन्। उनले विदेशमा समेत गएर खेल्ने गरी अदालतले आदेश दिइसकेको छ।

सन्दीपविरुद्ध कम उमेरकी एक नाबालिकले गत वर्ष बलात्कारको आरोप लगाएर उजूरी दर्ता गरेकी थिइन्। यसबारे प्रहरीले अनुसन्धान गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसपछि विदेशमा रहेका उनी नेपाल फर्किएलगत्तै पक्राउ परी हिरासत हुँदै कारागारमा राखिएका थिए। नेपालको खेलकूद क्षेत्रमा सर्वाधिक रकम कमाउने खेलाडीको सूचीमा छन् सन्दीप। उनले भारतमा आइपिएल पनि खेलेका छन्। यसबाहेक विभिन्न देशका चर्चित क्रिकेट लिग खेलिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement