गान्तोक। स्वर्गीय डा. सञ्जय उप्रेतीको स्मृतिमा राजधानीको सोच्यागाङस्थित नयाँ एसटीएनएम अस्पतालमा पुस्तकालयको स्थापना गरिएको छ। आज जसको उद्घाटन सिक्किमका राज्यपाल गङ्गा प्रसादको बाहुलीद्वारा गरियो। राज्यपालले स्वर्गीय डा. सञ्जय उप्रेतीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै भने, उनीद्वारा लोकहितमा गरिएका कार्यहरूलाई सदैव स्मरण गरिने छ। असल कार्य गर्नेहरू मृत्युपछि अमर बन्छन्।
उल्लेखनीय छ, राजधानीको नयाँ एसटीएनएम अस्पतालमा ह्रदयरोग विशेषज्ञ डा. सञ्जय उप्रेतीमाथि त्यस समय छुरीले प्रहार गरिएको थियो, जब उनी अस्पतालकी एक सफाई कर्मचारीमाथि भइरहेको हमलालाई रोक्ने प्रयास गरिरहेका थिए। यस अवधि पुस्तकालयको विकास हेतु राज्यपालले राजभवनको तर्फबाट दुई लाख रूपियाँको अनुदान प्रदान गरे।
About Author
Post Views: 258