ओडीए कार्यक्रम अन्तर्गत मेन्दाबारीमा बाँधको निरीक्षण

e25506ef-614c-4ad0-aab9-82528522fc0f

कालचिनीः दिदीको दुत अधीनस्थ वनडे इन अञ्चल अर्थात ओडीए कार्यक्रम अन्तर्गत सोमबार तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईक कालचिनी खण्डको मेन्दाबारी क्षेत्रको भ्रमणमा आईपुगेको थियो। स्थानीय नेता अनि पञ्चायत प्रतिनिधिहरूसित मेन्दाबारीको भण्डारी नदीको कटाव हेर्न पुगेको तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकासचीक बढ़ाईकले धेरै कामहरू सरकारी प्रकल्प अन्तर्गत भईरहेको र यहाँको नदी झोड़ाहरूको बाँध निर्माण साथै नदीको कटावले कृषि भूमिको क्षय रोक्न जिल्ला अनि ब्लक प्रशासनसित कुरा गरिने जनाएका छन्।
उक्त कार्यक्रममा प्रकासचीक बढ़ाईकसित रहेको तृणमूल जिल्ला उपसभापति तथा स्थानीय नेता बिजय साईबोले धेरै खेतीको जमीन बर्षाकालको नदीको उफानले क्षय गर्ने क्रम जारी रहेकोले जिल्ला सभापतिलाई यसको परिदर्शन गराएको र नदीमा सुरक्षा बाँधको निर्माण हुने आशा गरीएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement