गान्तोकः सिक्किम विश्वविद्यालयको हिन्दी विभागले २७ र २८ मार्चका दिन ‘हिन्दी एवं भारतीय भाषाहरू’ माथि दुई दिवसीय सम्मेलन आयोजना गरिरहेको छ। सिक्किम मणिपाल विश्वविद्यालयको प्रेक्षागृहमा आज आयोजित सम्मेलनको उद्घाटन सत्रमा विश्वविद्यालयका कूलपति प्रो. अभिनाश खरे मुख्य अतिथि थिए।
सम्मेलनमा हिन्दी विश्वविद्यालय हावडाका कूलपति प्रो. दामोदर मिश्र मुख्य वक्ताका रूपमा उपस्थित थिए। भारतीय संविधानले देशका २२ भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता दिएको छ। यस मध्ये हिन्दी एउटा प्रमुख भाषा हो र यो भाषा धेरै ठाउॅंहरूमा बोल्ने गरिन्छ। हिन्दी भाषाले विभिन्न क्षेत्रका मानिसहरूलाई एक सूत्रमा बाध्ने काम पनि गर्दछ। सम्मेलनमा हिन्दी भाषाको अन्य भाषाहरूसॅंग सम्बन्ध र यसको विकासलाई प्रकाशमा ल्याउने लक्ष्य लिएको बताइएको छ।