फाँसीदेवा: दुईवटा यात्रीवाहक बसमध्ये एउटा बस अनियन्त्रित भएर पल्टिँदा धेरैजना यात्रीहरू घाइते भएका छन्। यो घटना फाँसीदेवाको घोषपुकुर मदाती टोल प्लाजा अघि घटेको हो। प्राप्त जानकारी अनुसार आज दुईवटा बस विधाननगरबाट सिलगढीतर्फ आइरहेको समय बीच सडकमा दुवै बसमाझ एक-अर्काभन्दा अघि निस्किने होड शुरू भयो। यसै क्रममा एउटा बसले अर्को बसलाई ओभरटेक गर्दा एउटा बस अनियन्त्रित भएर पल्टिँदा दुईजना उच्च माध्यमिक परीक्षा गम्भीर रूपमा घाइते भएका छन्। यसको साथै अन्य १० जना उच्च माध्यमिक परीक्षार्थी तथा अन्य यात्रीहरू पनि घाइते भएका छन्। घटनापछि बस चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।