दार्जिलिङ: ईभान फाउन्डेशनले ब्रेन हेमराजले ग्रसित कविता देवीको निम्ति दार्जिलिङको सडकमा अर्थ संग्रह गरोको छ। सुखिया निवासी प्रीति गुप्ताकी आमा कविता देवी अहिले चेन्नईको अस्पतालमा उपचाराधीन अवस्थामा छन्। दार्जिलिङ महाविद्यालयमा अध्ययनरत् प्रीतिको आग्रहमा ईभान फाउन्डेसनले अर्थ संग्रह गरेको जानकारी प्राप्त भएको छ। ईभान फाउन्डेसन युवा विद्यार्थीहरुको संस्था हो। यो ईभान फाउन्डेसनको पहिलो पटक होइन् यसभन्दा अघि पनि यस संस्था असहाय रोगीहरूको निम्ति उँभिएका छन्। ईभान फाउन्डेसनकी रिया योञ्जनले सबैलाई रोगीको निम्ति सहयोग गरिदिने अपिल गरेका छन्।