दार्जीलिङ: दार्जीलिङ पार्वतीय क्षेत्रलगायत तराई डुवर्स आदि क्षेत्रहरूमा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ गठन गर्न आज संघको केन्द्रीय अध्यक्ष डी के गुरूङ अनि केन्द्रीय कार्यकर्ता राजु सुब्बाले संघका सचिव अम्बर लामालाई लङभ्यु चिया बगानमा शाखा गठनको लिखित अनुमति पत्र प्रदान गरेको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो गठनकालदेखि नै चिया श्रमिकहरू को समस्याहरूमाथि आवाज उठाउँदै आइरहेको बताएको छ। गत केही दिन अघि नामरिङ चिया बगानको समस्या माथि पनि संघले राज्यको श्रममन्त्री मलय घटकलाई पत्रचार गरेर समस्याको समाधान अविलम्ब गर्ने माग गरेको थियो।