हाम्रो पार्टी मार्गरेट्स होप शाखाका सभापति बिनय राई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल

IMG-20230327-WA0403.jpg

बोलेको र गरेको कुरामा धेरै फरक पर्दो रहेछ: बिनय राई

सोनादा: टुंग-सन्तमेरिज समष्टि अन्तर्गत मार्गरेट्स होप शाखाको हाम्रो पार्टीका अध्यक्ष बिनय राई आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।
स्थानीय सिपाहीधुरा मोटेलमा अायोजित एक कार्यक्रममा टुंग-सन्तमेरिज समष्टिका सभासद एवं समष्टिकै सभापति नुरी शेर्पाले खदा लगाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका झण्डा प्रदान गरी उनलाई स्वागत जनाए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाको दूरदर्शी सोँच एवं असल कार्यशैलीको कारण बिनय राईले भागोप्रमोमा सामेल भएको जानकारी दिएका छन्। आज समष्टिभित्र पनि जुन प्रकारले भागोप्रमो विकाशको कार्यमा अघि बडिहेको छ यो सबै सराहनीय छ साथै बोलेको र गरेकोमा धेरै फरक हुँदा भागोप्रमोले बोल्नुभन्दा अधिक कार्यहरु गरेर देखाएको फलस्वरुप आज भागोप्रमोमा सामेल भएको कुरा बिनय राईले बताएका छन्।
आउँदो दिनहरुमा पनि मार्गरेट्स होप शाखाबाट अन्य दलका सदस्य/सदस्याहरु पनि भागोप्रमोमा सामेल हुने कुरा बिनय राईले साझा गरेका छन्।
यस समर्थन कार्यक्रममा टुङ-सन्तमेरिज समष्टिका युवा शक्ति सभापति उर्गेन घिसिङ, मूल-सचिव दिपेश तामङ लगायत सदस्य दिलिप गजमेरको सहभागिता रहेको थियो।

About Author

Advertisement