पाकिमः सेण्ट्रल पाण्डम अन्तर्गत साम्के देवराली वार्ड, डुगामा चैत्र नवरात्रिको अवसरमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजन गरियो। श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा आज राज्यपाल लक्ष्मण प्रसाद आचार्य, राज्यकी प्रथम महिला कुमुद देवी, जिल्लापाल टाशी छोपेल र डीआईओ पाकिम डिकी डोमा पनि सहभागी बने।
राज्यपाललाई श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ आयोजक समिति र स्थानीय मानिसहरूले भव्यरूपमा स्वागत जनाए। राज्यपालले आफुलाई आमन्त्रित गरिएकोमा आयोजक समितिप्रति कृतज्ञता व्यक्त गरे। उनले यस प्रकारको आयोजनले संस्कृतिको संरक्षण र संवर्द्धन हुन्छ भन्दै संस्कृतिले हामीलाई हाम्रो जरासॅंग जोड्ने काम गर्छ भनी बताए। राज्यपालले जहॉं महिलाहरूको सम्मान गरिन्छ भगवानको वास पनि त्यही ठाउॅंमा हुन्छ भने। उनले सिक्किम पनि एउटा यस्तै राज्य रहेको बताए। उनले आफ्नो सम्बोधनमा सिक्किम र सिक्किमेहरूको कल्याणको निम्ति कामना गरे।