कोलकताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा एक पल्ट फेरि कोर्टले केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) को आलोचना गरेको छ। गत बिहीवार पक्राउ गरिएका एसएससीका पूर्व सल्लाहकार शान्ति प्रसाद सिन्हालाई कोर्टमा पेश गरिएको थियो। सीबीआईले उनलाई हिरासतमा लिने माग गरेको थियो तर जब कोर्टले यति दिनसम्म उसले सोधपुछमा के हासिल गऱ्यो भनी सोध्यो तब सीबीआईले केही स्पष्ट जवाफ दिन सकेन। यसैमा न्यायाधीशले रोष प्रकट गर्दै भने, सीबीआईले सोधपुछ गर्नुछ भनी एउटै टेप घरि-घरि बजाईरहेछ तर के सोधपुछ भईरहेछ, थाहा छैन।
कोर्टमा शान्ति प्रसाद सिन्हाका अधिवक्ताले भने, पहिले पनि सिन्हालाई पक्राउ गरी २५९ दिनसम्म जेलमा राखिएको थियो। तब सीबीआईले उनको हिरासतको निम्ति कुनै अर्जी लगाएन औं अब हिरासतको माग गरिरहेछ। आखिर जब यति दिन जेलमा थिए तब सोधपुछ किन भएन ? जाँचमा कुनै प्रगति किन भएन ? यसको जवाफमा सीबीआईका अधिवक्ताले भने, यदि यी आरोपितहरूले जमानत पाए धेरै खराब मेसेज जानेछ। यसैले यिनीहरूलाई हिरासतमा राख्ने आवश्यकता छ ताकि मानिसहरूको मनोबल नटुटोस्। यसपछि नै कोर्टले आलोचना गर्दै भन्यो, सीबीआईले एउटै टेप घरि-घरि बजाईरहेछ। यदि यिनीहरूले जमानत पाए के हुनसक्छ ? के आशंका छ ? के यिनीहरू नाच्नेछन् ? यद्यपि, दुवै पक्षलाई सुनेपछि कोर्टले फसेला स्थगित राखेको छ।