समाजसेवी एंव राष्ट्रीय शिक्षक पुरस्कार प्रापक हरिप्रसाद छेत्रीको अन्तिम संस्कार सम्पन्न

IMG-20230327-WA0394.jpg

खरसाङ: तीनधारे क्षेत्रका समाजसेवी, राष्ट्रीय शिक्षक पुरस्कार प्रापक एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको सोमबार अन्तिम संस्कार गरिएको छ। तीनधारेको गोलाई पाखास्थित निजी वासस्थानबाट पार्थिव शरीर दिउँसो १ बजेतिर निकालेर तीनधारेको लालमाट्टीमुनि रहेको शमशानमा घाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ। तीनधारे क्षेत्रका अभिभावक, समाजसेवी, राष्ट्रीय शिक्षक पुरस्कार प्रापक एंव तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पिता हरिप्रसाद छेत्रीको हिज राती ८० वर्षको उमेरमा निधन भएको थियो। उनलाई श्रध्दाञ्जली अर्पण गर्नलाई जीटीए चिफ् अनित थापा तीनधारे आएका थिए। थापाले हरिप्रसाद छेत्रीलाई हरिप्रसाद छेत्रीलाई श्रध्दाञ्जली अर्पण गरेर सभासद नवराज छेत्री लगायत उनको परिवारलाई भेटेर गहिरो शोक समवेदना प्रकट गरेका थिए। त्यसरी नै बिहान सभासद प्रणाम रसाइली, सभासद कल्पना प्रधान लगायत भागोप्रमो पार्टीका पदाधिकारीहरू उपस्थित भई श्रध्दाञ्जली अर्पण गरेका थिए।
हरिप्रसाद छेत्रीको अन्तिम संस्कारमा जीटीएको सभासदहरू क्रमैले श्याम शेर्पा, नुरी शेर्पा, परेस तिर्की उपस्थित थिए। त्यसरी तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू, समाजसेवीहरू र अन्य विभिन्न क्षेत्रहरूबाट पनि मानिसहरू उपस्थित रहेका थिए। हरिप्रसाद छेत्रीको अन्त्येष्टि कार्य आगामी ७ अप्रेलको दिन तीनधारेमा गरिने पारिवारिक सुत्रले जनाएका छन्। समाजसेवी एंव राष्ट्रीय शिक्षक पुरस्कार प्रापक हरिप्रसाद छेत्रीको निधनमा तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरूले श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्। यस क्रममा तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा प्राचार्य रबि सुब्बा, प्रोपाइटर प्रह्लाद रसाइली, शिक्षक शिक्षिकाहरू, अभिभावकवर्ग र विद्यार्थीहरूका उपस्थितिमा शिक्षाविद् हरिप्रसाद छेत्रीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ। हरिप्रसाद छेत्री सशरीर रहँदा ब्लु डाईमण्ड स्कूलको प्रमुख सल्लाहकारको रूपमा रहेर स्कूललाई मार्गदर्शन गरेकोले उनको निधनमा स्कूलले अभिभावक गुमाएको बताएका छन्। त्यसरी नै तीनधारेको गोलाई पाखास्थित मित्र संघद्वारा आज बिहान एक शोक सभा गरी हरिप्रसाद छेत्रीलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त शोक सभा मित्र संघ गोलाई पाखाको सभापति ज्ञानबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको छ। प्रथममा राष्ट्रीय शिक्षक पुरस्कार प्रापक, शिक्षाविद् एवं विशिष्ट व्यक्ति हरिप्रसाद छेत्रीको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ।

यस क्रममा सभापति ज्ञानबहादुर राई, सचिव ईशान्त विश्वकर्म, कोषाध्यक्ष मसीह प्रकाश मोक्तान, प्रमुख सल्लाहकार बरूण रसाईली, मदनकुमार प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। मित्र संघ गोलाई पाखाको प्रमुख संरक्षक रहेका हरिप्रसाद छेत्रीको चिर आत्माले शान्ति पाऊन् भनी ईश्वरसित प्रार्थना गर्दै उनको निधनमा श्रध्दाञ्जली अर्पण गरी शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरिएको मित्र संघ गोलाई पाखाको सचिव ईशान्त विश्वकर्मले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement