सरकारद्वारा गत ३१ मईमा निकालिएको ज्ञापन लिएर ‘विद्या भारती सिक्किम’ को महत्वपूर्ण बैठक

IMG_20220615_225243.jpg

गान्तोक। हिज विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको प्रान्तीय समिति ‘विद्या भारती सिक्किम’ को प्रान्तीय कार्यालयमा एउटा महत्वपूर्ण बैठक बस्यो। सभामा राज्य सरकारद्वारा गत ३१ मई, २०२२ मा निकालिएको कार्यालय ज्ञापनको विषयमा विस्तारसॅंग चर्चा गरिएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले प्रेस विज्ञप्तिमा दिएका छन्।
विज्ञप्तिमा जनाइए अनुसार, कार्यालय ज्ञापनमा राज्यका सरकारी कर्मचारीहरू कुनै पनि संगठन अथवा संघका कार्यकारिणीको दायित्वमा बस्न नपाउने कुरा उल्लेख छ। सरकारको अनुमतिमा साधारण सदस्यको रूपमा बस्न पाउने र कतिपय क्षेत्रहरू जस्तै खेलकुद, साहित्य, कला, एल्युमिनीहरूमा अनुमति लिएर सेवा दिन सक्ने कुराहरू कार्यालय ज्ञापनमा लेखिएका छन्।
विज्ञप्तिमा विद्या भारती सिक्किम एक गैर सरकारी सामाजिक शैक्षिक संस्था रहेको स्पष्ट गरिएको छ। समाजको सहयोगले यो संस्था देशभरि नै शिक्षा, संस्कार अनि सेवामा समर्पित रहेको छ। सरकारी कार्यालय ज्ञापनलाई ध्यानमा राख्दै बैठकमा गहन चिन्तन मनन भयो। निकट भविष्यमा समितिले उचित निर्णय गरेर कार्य कार्य सञ्चालन गर्ने निर्णय लिएको जानकारी दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *