सिलगढी: चैती छठको सन्दर्भमा सिलगढीको महानन्दलगायत विभिन्न घाटमा भक्तजनको भीड लागेको छ। महानन्दाका सबै घाटमा छठब्रहातवासीले ठूलो संख्यामा उपस्थित भई पूजाअर्चना गरेका थिए । अर्कोतर्फ महानन्द पुलमा दर्शनार्थीको भीड देखिएको छ । जनसेवा समिति र नवयुवक वृन्द क्लबको पहलमा सन्तोषी घाटमा श्री श्री चैती छठ पूजा उत्सव २०१३ को आयोजना गरिएको थियो । त्यसैगरी विभिन्न घाटमा विभिन्न पुजा आयोजक संस्थाले भक्तजनको सुविधाका लागि सम्पूर्ण व्यवस्था गरेका छन् ।