गान्तोक। ‘गाउँमा राज्यपाल’ कार्यक्रम अन्तर्गत राज्यपाल गंगा प्रसादले भोलि पाकिम जिल्ला अन्तर्गत लिङ्के पारखा ग्राम प्रशासन केन्द्र (जीपीके) को भ्रमण गर्नेछन्। यस कार्यक्रमको माध्यमद्वारा राज्यपालले ग्रामीण क्षेत्रहरूको भ्रमण गर्छन्। ग्रामीणवासीहरूको समस्यालाई बुझेर त्यसको निदान गर्न राजभवनको तर्फबाट सहयोग पुऱ्याउॅंदै आइरहेको छ। जैविक उत्पाद र पर्यटलाई प्रोत्साहित गर्न ग्रामीणहरूलाई प्रेरित गर्दै आइरहेको छ।