कुचबिहार: राष्ट्रिय कङ्ग्रेसका विभिन्न संगठनहरूले सोमबार कुचबिहारमा विरोध र्याली निकाले र हरिश पाल चौपाथीमा प्रधानमन्त्रीको पुत्ला जलाएर तीव्र विरोध गरे। केन्द्र सरकारको जनविरोधी नीति र राहुल गान्धीको सांसद पद खारेजको विरोधमा आज कुचबिहारमा जिल्ला अनुसूचित तथा जनजाति विभाग, जिल्ला सेवा दल र जिल्ला महिला कङ्ग्रेसद्वारा विरोध र्याली निकालिएको छ । विरोध र्यालीसँगै संगठनका सदस्यहरूले कुचबिहार सहरको हरिशपाल चौपाथीमा नरेन्द्र मोदीको पुत्ला जलाएर पनि प्रदर्शन गरेका थिए। गान्धीको शालिक मुनि विरोध प्रदर्शनमा कङ्ग्रेसका विभिन्न संघसंस्थाका सदस्य सहभागी भएका थिए । कुचबिहार जिल्ला कङ्ग्रेस सेवा दलका सुब्रत मुखोपाध्यायले भने कि उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको एकपछि अर्को जनविरोधी गतिविधि र राहुल गान्धीको सांसद पदबाट बर्खास्त गरेको विरोध गरिरहेका छन्।