ओभरटेक गर्ने क्रममा यात्री बस दुर्घटना

f3448497-d30d-4fb5-932d-3c356610f4cb

  • उच्च माध्यमिक परीक्षार्थी सहित धेरै घाइते

सिलगढी: दुई यात्री बसबीचको दौडमा एउटा बस अनियन्त्रित भएर पल्टिएको छ । घटना फाँसीदेवाको घोषपुकुरस्थित मडाती टोल प्लाजा अगाडि भएको हो । दुईवटा बस विधाननगरबाट सिलगढी आउँदै गरेको बताइएको छ । बीच बाटोमा दुईवटा बसबीच दौड सुरु भयो । एउटा बस ओभरटेक गर्ने क्रममा अर्को बस दुर्घटनामा परेको छ भने एउटा बस पल्टिएको छ । उक्त घटनामा उच्च माध्यमिक परीक्षाका दुई विद्यार्थी घाइते भएका छन् । घटनामा उच्च माध्यमिक परीक्षार्थी र अन्य धेरै यात्री गम्भीर घाइते भएका छन् । खबर पाएलगत्तै घोषपुकुर चौकीका पुलिस घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र बिधाननगर लगिएको छ । गम्भीर घाइते परीक्षार्थीलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाइएको थियो। घटनापछि बसका चालक फरार छन् । प्रहरीले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement