सिलगढी भानु नगर इलाकाको सडक बेहाल अवस्थामा

9cc5c24f-e4e0-4cd3-bfaa-3b36f24913dc-1024x576.jpg

सिलगढी: भानु नगरको सड़क गत ७ वर्षदेखि जर्जर अवस्थामा रहेको छ। सडक मरमतिको लागि प्रशासनलाई बारम्बार आवेदन गरे तापनि कुनै पहल गरेको छैन। यसैले आज बाध्य भएर गाउँलेहरूले सडक अवरोध गरेर विरोध प्रदर्शन गरे। गत ७ वर्षदेखि भानु नगरको सडक जर्जर अवस्थामा रहेकोले स्थानीय मानिसहरूलाई आवत-जावत गर्नमा निक्कै असुविधा भइरहेको छ। यस सडकमा ठाउँ-ठाउँमा खाल्डो भएकोले गाउँलेहरूलाई यातायात गर्नमा निक्कै असुविधा भइरहेको छ भने वर्षाको समयमा समस्या अझ विकट हुने गर्दछ। सडकको अवस्था जर्जर रहेकोले साना-ठुला दुर्घटनाहरू हुने गर्दछ। स्थानीयहरूको आरोप अनुसार सडकको मरमतिको लागि प्रशासनलाई बारम्बार आवेदन जनाए तापनि केवल आश्वासन मात्र दिने गर्दछ।

भोट अघि सडकको मरमति गरिदिने आश्वासन दिए तापनि हालसम्म यसको मरमति भएको छैन। यसैले आज बाध्य भएर आफूहरूले सड़क बन्द गरेर विरोध प्रदर्शन गरेको हो। उत्तर बंगाल विकास विभागले चाँडै सडकको मरमति कार्य शुरू गर्नेछ। केही दिनअघि मेयर गौतम देवले सड़क मरमतिको लागि उत्तरबंग विकास मन्त्रीसित कुराकानी गरेका थिए। चाँडै नै उक्त सडकको मरमति गरिने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement