आवासीय क्षेत्रमा मोबाइल टावर राख्ने विषयमा विवाद

6da6ceda-ee5e-4904-8d8e-623089aeb593

सिलगढी: सिलगढीको माथिल्लो शान्तिपाडा क्षेत्रमा मोबाइल टावर स्थापनाको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन्। सो क्षेत्रमा बहुतले मोवाइल टावर जडान गर्ने काम सुरु भइसकेको बताइएको छ। तर, विगत तीन महिनादेखि स्थानीयले यसको विरोध गर्दै आएका छन्। यो क्षेत्र जनघनत्व भएको उनीहरूको आरोप छ। यो मोबाइल टावर यहाँ बनेमा दुर्घटना हुन सक्छ, यसको विकिरणका कारण सर्वसाधारणलाई धेरै किसिमको शारीरिक समस्या हुन सक्छ। जसका कारण उनीहरूले विरोध गरिरहेका छन्। आन्दोलनका कारण लामो समयसम्म काम रोकिएको थियो। तर, आज काम सुचारु भएपछि उनीहरूले विरोध गर्न थाले। घटनाको जानकारी पाएपछि नयाँ जलपाइगढी थानाको पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement