सिलगढीः सिलगढी डिभिजनको रंगपानी क्षेत्रमा दुई ट्रक एक आपसमा ठोक्किएका छन्। राष्ट्रिय राजमार्गमा सोमबार बिहान दुई ट्रक एक आपसमा ठोक्किएका छन्। दुर्घटनापछि दुवै ट्रक पल्टिएपछि स्थानीयले चालकलाई बचाएर उत्तर बङ्गाल मेडिकल कलेजमा भर्ना गरेका थिए। अस्पताल स्रोतका अनुसार दुवैजना गम्भीर घाइते भएका छन्। घटनाको खबर प्राप्त हुनासाथ जिल्ला पुलिस कार्यालयले जनाएको छ। घटनास्थलमा फाँसीदेवा पुलिस चौकी पुगेको थियो। पुलिसले दुवै सवारीसाधनलाई पुलिस चौकीमा लगेको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।