२७ मार्चः बेंगलुरुमा आइतवार भएको वनएट रन-मा पहिलो स्थान हासिल गरी प्रिया छेत्री आज बिहान ९ बजी बागडोग्रा एयरपोर्टमा ओर्लिन्। एयरपोर्टमा उनलाई कञ्चनजंघा फूटबल क्लब (केएफसी)-को तर्फबाट भव्य स्वागत जनाइयो। केएफसी-का कार्यकारी अध्यक्ष सुरेन प्रधानको अगुवाईमा एयरपोर्ट पुग्ने टोलीबाट सर्वप्रथम क्लबका सह सचिव बिजय लिम्बू , वरिष्ठ सदस्य एलके राई, सुरेन प्रधान, सुरज नौबाग, टेक्निकल कमिटि सदस्य अमर तामाङ, शिव कुमार राई, सह प्रशिक्षक रोल्याण्ड सुब्बा, आशिष प्रधानले सयपत्री फुलको माला लगाएर प्रियालाई स्वागत जनाए। त्यसरी नै सुकना ग्रामीण महिला संस्था भाग २ की सदस्यहरू क्रमैले बिन्दिया राई, अनिता लामा र निरुता लामाले पनि सयपत्री फुलको माला पहिऱ्याएर प्रियालाई स्वागत जनाए। प्रिया आफ्नो पिता प्रकाश छेत्रीसँग बेंगलुरु गएकी थिइन्। उनले आइतवार १ घण्टा २८ मिनटमा १८ किलोमीटरको दूरी तय गरी आफ्नो आयु वर्गमा पहिलो स्थान हासिल गरेकी थिइन्। प्रियाको असाधारण सफलतामा केएफसी परिवार खुशी अनि गर्वित रहेको सुरेन प्रधानले बताए। यसको साथमा आ-आफ्नो फील्डमा (खेलकुद, संगीत, कला, साहित्य आदि) उत्कृष्ट प्रदर्शन गर्ने नानीहरूलाई सम्मान र प्रोत्साहन प्रदान गर्न केएफसी परिवार प्रतिबद्ध रहेको क्लबका कार्यकारी अध्यक्ष सुरेन प्रधानद्वारा जारी मीडिया विज्ञप्तिमा जनाइएको छ।