पाकिस्तानको दुर्दशाः टी२० सीरीज जित्न सफल अफगानिस्तान

IMG-20230327-WA0146.jpg

२७ मार्चः लड़ाकू अफगानिस्तानले पाकिस्तानलाई दोस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै अफगानिस्तानले तीनवटा टी२०आई म्याचको सीरीजमा २-०-को अजेय बढ़त हासिल गऱ्यो। सीरीजको तेस्रो तथा अन्तिम म्याच सोमवार हुनेछ। शारजाह क्रिकेट स्टेडियममा आइतवार राति खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो। इमाद वासिमले ५७ बलमा अविजित ६४ रन बनाए। उनले ३ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक कप्तान शादाब खानले अविजित ३२ र मोहम्मद हेरिसले १५ रन बनाए। अफगानिस्तानका बलरहरूमा फजलहक फारूकीले २ विकेट लिए। जवाफमा अफगानिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाएर १३३ रन बटुलेर जीत हासिल गऱ्यो।

ओपनर रहमानुल्लाह गुरबाजले सर्वाधिक ४४ रन बाए। यसबाहेक इब्राहिम जादरानले ३८ रन बनाए। अन्तिम ओभरहरूमा चरम दबाउबीच नजीबुल्लाह जादरान (अविजित २३) र अनुभवी मोहम्मद नबी (अविजित १४)-ले असाधारण ब्याटिंग गर्दै अफगानिस्तानलाई असाधारण जीत दिलाए। अफगानिस्तानले यसअघि पहिलो टी२०आई म्याचमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement