कोलकाता आइपुगिन् राष्ट्रपति द्रौपदी मुर्मु

राष्ट्रपति द्रौपदी मुर्मु l फाइल फोटो

कोलकाता: राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि दुईदिने पश्चिम बङ्गालको भ्रमणमा कोलकाता आइपुगेकी छिन्। राष्ट्रपति बनेपछि द्रौपदी मुर्मुको यो पहिलो बङ्गाल भ्रमण हो। सोमबार साँझ नेताजी इन्डोर स्टेडियममा राष्ट्रपतिको सम्मानमा पश्चिम बङ्गाल सरकारले नागरिक अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रममा राज्यपाल सीवी आनन्द बोस, मुख्यमन्त्री मुख्यमन्त्री ब्यानर्जी, राज्यका मुख्य सचिव र मन्त्रीहरू उपस्थित हुनेछन्। मुख्यमन्त्री ममता ब्यानर्जीले राष्ट्रपति द्रौपदीलाई स्वागत गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement