२७ मार्चः मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरी महिला प्रीमियर लीग (डब्ल्यूपीएल) को पहिलो सीजनको खिताब जित्यो। फाइनल म्याचमा हरमनप्रीत कौरको कप्तानीमा रहने मुम्बईले दिल्ली क्यापिटल्सको सपना तोड़्यो। म्याचमा पहिला ब्याटिंग गर्दै दिल्लीको टीमले २० ओभरमा ९ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो। जवाफमा मुम्बई इण्डियन्सले ३ बल बाँकी रहँदै ३ विकेट गुमाएर १३४ रन बनाएर म्याच जित्यो। मुम्बईको तर्फबाट नेट साइवर ब्रण्टले अविजित ६० रन बनाइन्।
डब्ल्यूपीएल च्याम्पियन मुम्बई इण्डियन्सको साथमा खेलाड़ीहरूमाथि पुरस्कारको वर्षा भयो। मुम्बई इण्डियन्सकी अलराउण्डर हेली म्याथ्यूजलाई दुईवटा ठूलो पुरस्कार प्राप्त भयो। टुर्नामेण्टमा सर्वाधिक विकेट (१६) लिएको हुनाले उनलाई पर्पल क्याप प्राप्त भयो। यसको साथमा उनले डब्ल्यूपीएल-को पहिलो सीजनको मोस्ट भेल्यूएबल खेलाड़ीको पुरस्कार पनि जितिन्। म्याथ्यूजले १६ विकेट लिनको साथै २७१ रन पनि बनाइन्। उनलाई लिलामीमा कुनै पनि टीमले खरीद गरेको थिएन। मुम्बईले दोस्रो राउण्डमा म्याथ्यूजलाई बेस प्राइसमा किनेको थियो। उनलाई पुरस्कार राशिको रूपमा जम्मा १० लाख रुपियाँ हासिल भयो। यसरी नै च्याम्पियन टीमकी साइवर ब्रण्टले प्लेयर अव् द म्याचको पुरस्कार जितिन्। उनलाई २.५ लाख रुपियाँको नगद पुरस्कार प्राप्त भयो।
डब्ल्यूपीएल च्याम्पियन मुम्बई इण्डियन्सलाई पुरस्कार राशिको रूपमा ६ करोड़ रुपियाँ हासिल भयो। यसरी नै दिल्ली क्यापिटल्सले ३ करोड़ रुपियाँको नगद पुरस्कारमा सन्तोष मान्नु पऱ्यो। डब्ल्यूपीएल-को पहिलो सीजनमा सर्वाधिक रन बनाएर ओरेञ्ज क्याप जित्ने दिल्लीकी कप्तान मेग लेनिंगलाई पनि ५ लाख रुपियाँको नगद पुरस्कार प्राप्त भयो।

डब्ल्यूपीएलः पुरस्कारहरू
च्याम्पियनः मुम्बई इण्डियन्स (६ करोड़ रुपियाँ)
रनरअप्ः दिल्ली क्यापिटल्स (३ करोड़ रुपियाँ)
मोस्ट भेल्यूएबल प्लेयर अव् द सीजनः हेली म्याथ्यूज (५ लाख रुपियाँ)
ओरेञ्ज क्यापः मेग लेनिंग (५ लाख रुपियाँ)
पर्पल क्यापः हेली म्याथ्यूज (५ लाख रुपियाँ)
क्याच अव् द सीजनः हरमनप्रीत कौर (५ लाख रुपियाँ)
फेयरप्ले अवार्डः मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स
एमर्जिंग प्लेयर अव् द सीजनः यास्तिका भाटिया (५ लाख रुपियाँ)
पावरफूल स्ट्राईकर अव् द सीजनः सोफी डिवाइन (५ लाख रुपियाँ)
प्लेयर अव् द म्याच (फाइनल)- नताली साइवर ब्रण्ट (२.५ लाख रुपियाँ)
पावरफूल स्ट्राईकर अव् द म्याचः राधा यादव (१ लाख रुपियाँ)