गान्तोक। सर्वोच्च न्यायालयका न्यायाधीश इन्दिरा ब्यानर्जी आज अपराह्न बाघडुग्रा विमानस्थलमा उत्रिएका छन्। उनी चारदिने सिक्किम भ्रमणमा आएका हुन्। आफ्नो चारदिने सिक्किम भ्रमण अवधि उनले सिक्किमका न्यायिक अधिकारीहरूको निम्ति आयोजित सत्रलाई सम्बोधन गर्नेछन्। उनलाई बाघ़डुग्रा विमानस्थलमा आज स्वागत जनाउन राज्यका गृह विभागका संयुक्त सचिव प्रणय छेत्री, सिक्किम उच्च न्यायालयका प्रोटोकल अधिकारी सुजीत प्रधान लगायत अन्यको उपस्थिति रहेको थियो।