विश्व महिला बक्सिंग च्याम्पियनशीपः निकहत र लवलीनाको सफलतापछि भारतको जम्मा ४ वटा स्वर्ण पदक

IMG-20230327-WA0129.jpg

२७ मार्चः शीर्ष भारतीय बक्सर निकहत जरीनले आइतवार आफ्नो दोस्रो विश्व च्याम्पियनशीप खिताब जितिन् जबकि लवलीना बोरगोहेनले काँस्य पदकको क्रमलाई तोड़ेर पहिलोपल्ट स्वर्ण पदक जितिन्। निकहतले ५० किग्रा वर्गको फाइनलमा भियेतनामकी एनगुएन थि तामलाई ५-०-ले पराजित गरी फ्लाईवेट खिताब आफ्नो नाम गरिन्। यसरी नै दुईपल्टकी काँस्य पदक विजेता लवलीनाले अष्ट्रेलियाकी केटलिन पार्करलाई स्वर्ण पदकको बाउटमा ५-२-ले पराजित गरी आफ्नो पहिलो विश्व च्याम्पियनशीप खिताब जितिन्। यस जीतको साथै निकहत महान बक्सर एमसी मेरिकोम (६ पल्टकी विश्व च्याम्पियन) पछि दुईपल्ट यस प्रतिष्ठित खिताब जित्ने दोस्रो भारतीय बनिन्।

यसअघि शनिवार नीतू गंघास (४८ किग्रा) र स्वीटी बूरा (८१ किग्रा)-ले पनि भारतको निम्ति स्वर्ण पदक जितेकी थिइन्। भारतले नयाँ दिल्लीमा भएको यस महिला विश्व बक्सिंग च्याम्पियनशीपमा चीनलाई पछि छोड़्यो। भारतीय टीमले यस च्याम्पियनशीपको १२-मा ४ वटा स्वर्ण पदक जित्यो। भारतका चारजना बक्सर सेमिफाइनलमा पुगेकी थिइन् अनि चारैजनाले स्वर्ण पदक जितिन्। चीनले तीनवटा स्वर्णको साथमा एउटा रजत र एउटा काँस्य पदक जित्यो। महिला विश्व बक्सिंग च्याम्पियनशीपको शुरुवात २००१-मा भएको थियो। अहिलेसम्म १३ पल्ट च्याम्पियनशीपको आयोजन भइसकेको छ।

भारत समग्रमा १४ वटा स्वर्ण, ८ वटा रजत र २१ वटा काँस्य पदकको साथ च्याम्पियनशीपको तेस्रो सबैभन्दा सफल देश हो। रुसको नाममा २५ वटा स्वर्णसहित सर्वाधिक ६३ वटा पदक रहेको छ। दोस्रो स्थानमा रहने चीनले २१ वटा स्वर्ण, १६ वटा रजत र २० वटा काँस्य पदक जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement