कोविड़ सिक्किम: कोरोनाकाे शून्य नयाँ मामिला, एकजना भए स्वास्थ्य

IMG-20230316-WA0282.jpg

गान्तोक: आज राज्यमा एउटापनि कोरोना संक्रमित रोगी फेला न परेको र एक जना कोरोना रोगी स्वास्थ्य भएर घर फर्किएकाे स्वास्थ्य विभागले जानकारी गराएको छ।

राज्यको स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्ट अनुसार हिजो ५ जनाले कोरोनाको जाँच गरेका थिए, जसमा सबै पाकिम जिल्लाबाट रहेका थिए।

हाल राज्यमा ६ कोरोना रोगी उपचाराधीन छन्।

कोरोना शुरु भएदेखि हालसम्म राज्यमा मोठ ४४ हजार ३३८ जना कोरोना संक्रमित बनिसकेका छन् जसमध्ये ४३ हजार ४८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन्। कोरोनाको कारण राज्यमा हालसम्म ५ सय जनाले ज्यान गुमाइसकेका छन्।

About Author

Advertisement