नेपालको लुम्बिनी प्रदेशमा काँग्रेस सांसद चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौंः नेपालको लुम्बिनी प्रदेशमा नेपाली कङ्ग्रेसले मुख्यमन्त्रीमा दाबी पेश गरेको छ। आज बहुमत सांसदहरूको हस्ताक्षरसहित कङ्ग्रेस सांसद डिल्ली चौधरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरेका हुन्।

लुम्बिनीमा सीपीएन यूएमएलका लिला गिरी मुख्यमन्त्री छन्। उनलाई दिइआएको समर्थन सीपीएन एमकेले आज रविवार नै फिर्ता लिएको छ। गिरीले भने संविधान बमोजिम ३० दिनभित्र विश्वासको मत दिने बताएका छन्। नेपालको संविधान अनुसार सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन मुख्यमन्त्रीसँग ३० दिनको समय हुन्छ।

कङ्ग्रेसका चौधरी भने ८ दलको समर्थन पाइसकेकाले मुख्यमन्त्री बन्न आतुर छन्। केन्द्रमा सीपीएन एमके र यूएमएलको गठबन्धन टुटेपछि प्रदेशहरूमा पनि धमाधम टुुट्न थालेको छ। यो क्रम चल्दा यूएमएल केन्द्र देखि प्रदेशसम्म सत्ता बाहिर पुग्ने अवस्था विकास भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement