गान्तोक: मुख्यमन्त्री पीएस गोलेले आज राज्यपाल लक्ष्मण प्रसाद आचार्यसित राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा मुख्यमन्त्री र राज्यपालबीच सिक्किम राज्यको विकास सम्बन्धी विभिन्न विषयमा गहन चर्चा भयो। यस अवधि राज्यपालले राज्यमा जी२० को सफल आयोजनाको निम्ति मुख्यमन्त्री गोलेलाई बधाई दिए। यस बैठकले सिक्किम राज्यले विश्वस्तरमै प्रसिद्धि प्राप्त गरेको जसले आगामी दिनमा राज्यमा विकासको नयाँ अवसरहरू सिर्जना हुने उनले थप बताए।