गान्तोक। राज्यमा ड्रग्स तस्करीविरुद्ध सिक्किम पुलिसले रौचिरा अभियान चलाएर ड्रग्स तस्करहरूलाई आफ्नो चंगुलमा पार्ने कार्य जारी राखेको छ। यसै क्रममा हिजो बेलुकी लगभग ७.१५ बजीतिर विशेष सूत्रमार्ङ्गत सदर थानाका पीएसओ साथै सदर थानालाई प्राप्त जानकारीको आधारमा गान्तोक सदर थानाका पुलिसले रोङ्गे दोकान डॉंड़ा निवासी दावा शेर्पालाई नशालु पदार्थसँगै पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, आरोपी शेर्पा चानमारीस्थित छाङ्गु स्ट्याण्डमा ब्याग बोकेर शंकाजनक स्थितिमा घुमिरहेका थिए। उनले चानमारी क्षेत्रमा क्रेताहरूलाई लागू पदार्थ बिक्री गर्ने शंका गरिएको छ। एसआई तिलक छेत्रीको अगुवाईमा रहेको पुलिस टोलीले जॉंचको क्रममा आरोपी युवकबाट धेरै एन-१० ट्याबलेट अनि निलो ट्याब्लेट उद्धार गरेको छ। आरोपीलाई पक्राउ गरी पुलिसले थप जॉंच शुरु गरेको छ।
About Author
Post Views: 186