महिला पत्रकार संघद्वारा एडस् रोकथामबारे सचेतना कार्यक्रम आयोजित

IMG-20230326-WA0237.jpg

गान्तोक। महिला पत्रकार संघ सिक्किम र सिक्किम एड्स कण्ट्रोल सोसाइटीको संयुक्त पहलमा आज एचआईभी, एडसबारे एक सचेतना कार्यक्रम पाकिमस्थित सामुदायिक भवनमा पालन गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य एचआइभी एडसबारे आम मानिसहरूमा जागरूकता फैल्याउनु रहेको थियो। उक्त कार्यक्रममा एसकेएम नारीशक्तिकी अध्यक्ष कला राई मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिमा जिल्ला अध्यक्ष लाडेन भोटिया रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवाले स्वास्थ्यको महत्त्व र यो धनसँग कसरी सम्पर्कमा छ भन्ने कुरामा जोड दिए। उनले “रेड रिबन” को उत्पत्तिको बारेमा छलफल गर्दै एचआईभी/एड्ससँग कसरी लडन सकिन्छ भन्नेबारेमा विस्तृतरूपमा अवगत गराए। उनले कार्यक्रमको मुख्य उद्देश्य युवा पुस्तालाई एचआइभी/एड्स रोकथाम र व्यवस्थापनका बारेमा जानकारी गराउने र चेतना जगाउने रहेको बताए। सोही प्रकारले प्रभा प्रधान जिला उपाध्याक्ष्यले सम्बोधन गर्दै जिल्लामा यस्तो अत्यावश्यक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा आयोजकप्रति आभार व्यक्त गरिन्। उनले यस्ता रोगको फैलावट रोक्न शैक्षिक क्षेत्र र समाजका अन्य वर्गमा सचेतना फैलाउन थप चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। यसै अवसरमा एसकेएम नारीशक्तिकी अध्यक्ष कला राईले महिला पत्रकार संघ सिक्किम, सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी र सिक्किम सरकारको यस्तो महत्वपूर्ण सचेतना कार्यक्रम आयोजना गर्ने प्रयासको प्रशंसा गरिन्। उनले विद्यार्थीहरूलाई एड्स र यसबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे विषयमा जोर दिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement