राज्यका दुई युवा भारतीय राष्ट्रिय सहकारी संघको गभर्निङ काउन्सिलमा मनोनित

IMG-20230326-WA0235.jpg

गान्तोक: सिक्किम राज्यबाट दुई युवक भारतीय राष्ट्रिय सहकारी संघको गभर्निङ काउन्सिल युथ कमिटीका सदस्य मनोनित भएका छन्। मनोनित भएका युवाहरू डुगालाखा श्रमिक सहकारी समितिका अध्यक्ष एवं रोहिणी दूध संकलन केन्द्रका अध्यक्ष ललित पोख्रेल शर्मा अनि खाम्दोङ पर्यटन सहकारीका कोषाध्यक्ष दिलकुमार राई हुन्। भारतीय राष्ट्रिय सहकारी संघको गभर्निङ काउन्सिल युथ कमिटीमा देशभरिका मोठ १४ जना मनोनित गरिएको छ जसमध्ये सिक्किमबाट यी दुईजना मनोनित भएका छन्। यस समितिले गत २४ मार्चको दिन संस्थाका अध्यक्ष दिलीप संघानीको उपस्थितिमा उत्तराखण्डको मुसोरमा बोर्डको बैठक आयोजन गरेको थियो। यस बैठकमा राष्ट्रव्यापी सहकारी अभियानलाई अभिवृद्धि गर्ने कार्ययोजना प्रस्तुत गरियो अनि सबै क्षेत्रका युवाहरूलाई सहकारी अभियानको मूलधारमा जोड्ने राष्ट्रव्यापी आधार निर्माण गर्न साझा सहमतिमा समर्थन जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement