दुई महिनाभित्रमा रोजगारको ढोका खोल्छु भन्ने अनित थापा मौन किन: विक्रमादि राई
दार्जीलिङ: दार्जीलिङ सरकारी महाविद्यालयमा पाएको नियुक्तिले जीटीए क्षमताहीन रहेको उदाङ्गो भएको हाम्रो पार्टीको केन्द्रीय सांगठनिक सचिव विक्रमादि राईले बताएका छन्। शहरको माल रोडस्थित हाम्रो पार्टीको केन्द्रीय कार्यालय पी कोठीमा केन्द्रीय सांगठनिक सचिव विक्रमादि राईले दार्जीलिङ पहाडमा बेरोजगार युवा युवतीहरूको संख्या दिन प्रतिदिन बढ़दै गईरहेकोले ती शिक्षित बेरोजगार युवा युवतीहरू वैदेशिक रोजगारको निम्ति पहाडबाट पलायन हुन गईरहेको छ अनि पहाड छोड्नदेखि अरू कुनै विकल्प नरहेको स्पष्ट भई रहेको उनले बताए। दार्जीलिङ पहाडमा शिक्षिक बेरोजगार युवा युवतीहरूको थुप्रो हुँदा हुँदै पनि भर्खरै मात्र दार्जीलिङ सरकारी महाविद्यालयमा सातजनाको नियुक्ति भएको खबर हामीले पाएका छौं जसमध्ये ग्रुप सीमा अभिजित विश्वास र अनुपम रोयको नियुक्ति भएको छ अनि उनीहरूलाई तलबाट नै १५ दिनभित्रमा दार्जीलिङ सरकारी महाविद्यालयमा नियुक्ति गर्नु भन्ने एउटा पत्र पनि दिएको छ भन्ने हामीसंग प्रमाण रहेको छ राईले भने। उनले भने, अझ पाँचजना नियुक्तिको निम्ति तलबाट नै आउँदैछ भन्ने खबर पनि छ। त्यसरी नै पीडब्ल्युडी विभागमा पनि तलबाट नै नियुक्ति पत्र लिएर आउँदैछ भन्ने खबर हामीले सुन्दैछौं। पहाडको सत्ता पक्ष एंव जीटीए चिफ् अनित थापाले आफ्नो चुनावी संकल्प पत्रदेखि लिएर प्रत्येक जनसभाहरूमा दुई महिनाभित्रमा रोजगारको ढोका खोल्ने वाचा गरेका थिए अनि त्यसैको आधारमा उनले जनमत पनि पाउनु भयो तर आजको स्थितिमा तलबाट आएर यहाँको विभिन्न विभागहरूमा नियुक्ति पाएर काम गर्दैछ। यसले स्पष्ट हुँदैछ जीटीए क्षमताहीन रहेको उदाङगो भएको छ।’ उनले अघि भने, जीटीएको सत्ता दलको नेतृत्वहरूले सरकारलाई यी सबै कुराहरू बुझाएर यहाँकै शिक्षित बेरोजगार युवा युवतीहरूलाई नियुक्ति दिलाउनु पर्ने थियो। ठीकै छ हाम्रो पार्टी, गोरामुमो, भाजपा, गोजमुमोको युवा युवतीहरूलाई नियुक्ति नगरोस् तर कमसेकम भागोप्रमोको युवा युवतीहरू जो शिक्षित छन् उनीहरूलाई नै नियुक्ति दिलाउनु सकेको भए पनि धेरै राम्रो हुने थियो। तर आज यहाँको विभिन्न विभागहरूमा रहेको खाली पदहरूमा जे जति नियुक्तिहरू हुँदैछ ती सबै तलकाहरूले पाईरहेको छ। यसले जीटीए भएको कुनै अर्थ भएको छैन। यी विषयहरूमाथि उनले सरकारसंग बात गर्न सक्दैन भने त्यो पदमा बस्ने कुनै अर्थ हुँदैन।’
राईले अझ भने, ‘जीटीए चिफ् अनित थापाले आफ्नो सम्भाषणहरूमा घर घर जल योजनको काममाथि हाम्रो निगरानी राख्ने काम मात्र रहेको कुुराहरू बताउने गर्छन् तर यी सबै कामहरू जिल्लाधिकारीले समाल्दैछ भन्ने गर्छन्, जिल्लाधिकारी भनेको उनको सचिव हो। एकक्षणको लागि मानि लिए घर घर जल योजनामाथि जीटीएले केवल निगरानी मात्र गर्दैछ हरे तर शिलान्यास कार्यक्रममा पार्टीको झण्डा लगाउने काम किन हुँदैछ?’