दाउरा तस्करीमा सामेल तस्कर समेत दुई पक्राउ

IMG-20230324-WA0001.jpg

गुवाहाटी: गुवाहाटीको जोराबाट पुलिस चौकी प्रभारीको नेतृत्वमा चलाइएको अभियानमा अवैध रूपमा दाउरा लोड गरी लगिरहेको एउटा ट्रकलाई जफत गरियो। हिजो राति जोराबाट पुलिस चौकी प्रभारी कपिल पाठकको नेतृत्वमा चलाइएको अभियानमा मेघालयको बर्नीहाटदेखि गुवाहाटीतिर गईरहेको ट्रक(एएस २५ ईसी-१७०९) लाई जफत गरियो। जसमा अवैध तरीकाले भारी मात्रामा दाउराको तस्करी गरिन्दैथियो यस मामिलामा पुलिसले ट्रक चालकलाई तुरन्तै पक्राउ गर्यो पक्रा परेको ट्रक चालकको पहिचान बरपेटा जिल्लाको हाउली निवासी साहेब अली तालुकदार (३५) को रूपमा गरिएको छ। पुलिसद्वारा दाउरा लगिरहेको ट्रकलाई जफत गरिएपछि दाउराको मालिक घटनास्थला पग्यो। उसले पुलिसलाई दाउरासित सम्बन्धित दस्तावेज देखाउन सकेन जसपछि पुलिसले दाउरा मालिकलाई पनि पक्राउ गयो। पक्रा परेको तस्करको पहिचान बहारुद्दीन (३०) को रूपमा गरिएको छ, जसलाई बरपेटा जिल्लाको दातिवारी गाउँको निवासी बताइएको छ। पुलिसले जफत गरिएको दाउरा लोड गरिएको ट्रक समेत पक्रा परेका दुवै आरोपितलाई वन विभागलाई सुम्पेको छ। वन विभागले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement