वर्षाले राष्ट्रिय राजमार्ग १० प्रभावित

IMG-20220615-WA0136.jpg

गान्तोक। निरन्तर परेको वर्षाले सिक्किमको एकमात्र राष्ट्रिय राजमार्ग १० प्रभावित बनाएको छ। रातभरिको पानीले यहॉंको सिङताम नजिक २० माइलमा आज बिहान लगभग ३-४ घण्टा बाटो अवरोध भयो। माथिबाट आएको पैह्रोसँगै लेदोमा डब्ल्यूबी ७६/९४३० इनोभा वाहन घण्टौ ङ्गँसिएको थियो। निरन्तर प्रयासमा भर्खरै मात्र बाटो पुनः सुचारु भएको छ। यसैगरी, पश्र्चिम पाण्डाम समष्टइन्तर्गत माइनिङ सीनियर सेकेण्डेरी स्कूलमा निरन्तर परेको वर्षापछि भल पसेर स्कूल भवनलाई क्षतिग्रस्त बनाएको छ भने अर्कोतिर, रूख ढलेर मामरिङको पूललाई क्षति पुर्‍याएको छ। योसँगै राष्ट्रिय राजमार्ग १० को कतिपय ठाउँ दुर्घटनाको संघारमा पुगेको छ।

जानकारी गराइन्छ, राज्यमा लगभग ४-५ दिनदेखि निरन्तर रूपमा वर्षा भइरहेको छ। अझै तीन दिन मध्यम वर्षा हुने मौसम केन्द्र गान्तोकको पूर्वानुमान रहेको छ। यस्तोमा सड़क मार्ग यसरी अवरोध भइरहने साथै अन्य दुर्घटना हुनसक्ने सम्भावना प्रबल रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *