गान्तोक: महिला पत्रकार संघ सिक्किम र सिक्किम एड्स कण्ट्रोल सोसाइटीको संयुक्त पहलमा आज एचआईभी, एडसबारे एक सचेतना कार्यक्रम पाकिमस्थित सामुदायिक भवनमा पालन गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य एचआइभी एडसबारे आम मानिसहरूमा जागरूकता फैल्याउनु रहेको थियो।
यस कार्यक्रममा एसकेएम नारी शक्तिकी अध्यक्ष कला राई मुख्य अतिथिको रूपमा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिमा जिल्ला अध्यक्ष लाडेन भोटिया रहेकी थिइन्।
एसकेएम नारीशक्तिकी अध्यक्ष कला राईले महिला पत्रकार संघ सिक्किम, सिक्किम स्टेट एड्स कण्ट्रोल सोसाइटी र सिक्किम सरकारको यस्तो महत्वपूर्ण सचेतना कार्यक्रम आयोजना गर्ने प्रयासको प्रशंसा गरिन्। उनले विद्यार्थीहरूलाई एड्स र यसबाट कसरी बाँच्न सकिन्छ भन्नेबारे विषयमा प्रकाश पारेकी थिइन्।