कुचबिहारः सात दिनदेखि हराएकी एक नाबालिग केटीलाई सीमा सुरक्षा बल (बीएसएफ) ले पुलिसको मद्दतले उद्धार गरेको छ। जिल्लाको भारत-बांग्लादेश सीमामा बीएसएफ को उत्तर बंगाल फ्रन्टियरमा जलपाईगढ़ी सेक्टर अन्तर्गत चेङ्गराबान्धामा सीमावर्ती क्षेत्रमा तैनात एन्टी ह्यूमन ट्रेफिकिङ यूनिटले मेखलीगंज पुलिसको मद्दतले नाबालिग केटीलाई उद्धार गरेको छ।बीएसएफले आइतवार प्रेस विज्ञप्ती जारी यसको जानकारी दियो।
प्राप्त जानकारी अनुसार, कुचबिहार जिल्लाको मेखलीगंज थाना अन्तर्गत हेलापाकरी निवासी नाबालिग केटी १९ मार्चको दिन हराएकी थिइन्। शिकायतको आधारमा मेखलीगंज पुलिसको मद्दतले धुपगढ़ीको सामान्य क्षेत्रबाट एक नाबालिग केटीलाई सफलतापूर्वक उद्धार गरियो। उद्धार गरिएको नाबालिग केटीलाई सुरक्षित रूपमा उसको परिजनलाई सुम्पिएको छ। नाबालिग केटीका परिजनहरूले बीएसएफको यस त्वरित कारबाहीको हृदयबाट सराहना गरेका छन्।