डिक्चु-जाङ र लोअर राक्दोङमा झरेको पैह्रोले व्यापक क्षति

Untitled-1-copy-67

गान्तोकः पूर्व सिक्किमको सोक्पे गाउँ अन्तर्गत डिक्चु-जाङ र लोअर राक्दोङमा झरेको पैह्रोले व्यापक क्षति पुऱ्याएको छ। पैह्रै सोमवार विहान लगभग दुई बजी झरेको हो। तथापि मानिसहरू पैह्रो झर्न शुरु हुँदै सतर्क भएर सुरक्षित स्थानमा सरेका कारण ज्यानको क्षति भने नभएको बताइएको छ। दिउॅंसो पैह्रो झरेको भए धेरै मानिसको ज्यान गुमाउन सक्ने थियो भन्ने मानिसहरूको भनाइ छ। पैह्रोले स्थानिय १८ परिवारका मानिसको घरबार, खेती, जमिन र पशुपालन नोक्सान गरेको छ।

पैह्रोले व्यापक क्षति पुगेको घटनापछि आज सोमवार गान्तोक जिल्लाका अध्यक्ष बलाराम अधिकारी, तिन्तेकका बीडीओ, सडक तथा पुल विभागका अधिकारी, स्थानीय पञ्चायत, पुलिसकर्मी र सम्बन्धित अन्यले प्रभावित गाउँको भ्रमण गरेर सम्पूर्ण जायजा लिए। अधिकारीहरूको भ्रमणपछि स्थानी तीन परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। उक्त पैह्रोले स्थानीय गाउँको सडक, विजुली, पिउनेपानी, भेटेनेरी सेन्टर, आईसीडीएसलाई पनि क्षति पुगेको छ। गान्तोकका जिल्लापालले पनि प्रभावित क्षेत्रको भ्रमण गरेर क्षति र मानिसहरूको अवस्थाबारे जायजा लिएका छन्।

About Author

Advertisement